मंगलवार, आश्विन २७,२०८३ 02:29:05
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 02:29:05
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढी उद्धारमा योगदान पुर्‍याएका दुई नेपाली ग्राहकलाई जेसीबी इन्डियाको सम्मान

त्रिशूली ३ए क्षेत्रमा मेसिन परिचालन गरी दुई जनाको जीवित उद्धारमा सहयोग गरेको भन्दै राउत र अधिकारी सम्मानित

Bizshala
भोटेकोशी बाढी उद्धारमा योगदान पुर्‍याएका दुई नेपाली ग्राहकलाई जेसीबी इन्डियाको सम्मान
New Office

 

 

काठमाण्डौ । भोटेकोशी बाढीपछिको उद्धार कार्यमा महत्वपूर्ण योगदान पुर्‍याएका दुई नेपाली ग्राहकलाई जेसीबी इन्डियाले सम्मान गरेको छ।

जेसीबी इन्डियाले आफ्ना नेपाली ग्राहक ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारीलाई हालैको बाढीपछिको उद्धार कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको हो।

भारतमा आयोजित Bauma CONEXPO INDIA 2026 अन्तर्गत जेसीबी पेभिलियनमा आयोजित कार्यक्रममा जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले दुवैलाई सम्मान गरेका थिए।

कम्पनीका अनुसार राउत र अधिकारीले JCB 221 ट्र्याक्ड एक्साभेटरसहितका मेसिन प्रयोग गरी त्रिशूली ३ए क्षेत्रमा लगातार केही दिन उद्धार कार्यमा खटिएका थिए। उनीहरूको प्रयासले त्यहाँ फसेका दुई जनालाई जीवित उद्धार गर्न सम्भव भएको कम्पनीले जनाएको छ।

सम्मान कार्यक्रममा बोल्दै जेसीबी इन्डियाका सीईओ शेट्टीले उक्त घटनालाई नेपालले भोगेको जस्तो ठूलो त्रासदीबीच पनि आशा जगाउने उदाहरणका रूपमा उल्लेख गरेका थिए।

उनले जोखिमपूर्ण अवस्थामा साहसिक काम गरे पनि राउत र अधिकारी अत्यन्त सरल र विनम्र रहेको बताए।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

उद्धारमा खटिएका जेसीबी मेसिनका लागि निःशुल्क सेवा क्याम्प

यसैबीच नेपालमा जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्सले उद्धार, राहत तथा पुनर्निर्माणमा खटिएका जेसीबी मेसिनलाई लक्षित गर्दै विशेष निःशुल्क सेवा अभियान सञ्चालन गरिरहेको छ।

कम्पनीले JCB WOW Service सवारीमार्फत नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा परिचालित जेसीबी मेसिनका लागि JCB Disaster Relief Special Free Service Camp सञ्चालन गरिरहेको जनाएको छ।

जोखिमपूर्ण अवस्थामा उद्धार तथा पुनर्निर्माणमा खटिएका मेसिन अपरेटरलाई कम्पनीले सुरक्षा सामग्रीसमेत वितरण गरेको छ।

नेपालमा बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माण कार्य जारी रहँदा आफ्ना ग्राहक र अपरेटरलाई आवश्यक प्राविधिक तथा सेवासम्बन्धी सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता एमएडब्ल्यू अर्थमुभर्सले जनाएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

२३ वर्षदेखि नेपाली बजारमा

एमएडब्ल्यू अर्थमुभर्स नेपालमा जेसीबीका निर्माण तथा अर्थमुभिङ उपकरणको आधिकारिक बिक्रेता हो।

कम्पनीले नेपालमा २३ वर्षभन्दा लामो समयदेखि सेवा दिँदै आएको जनाएको छ। हाल देशभर ३० भन्दा बढी आउटलेट र २०० भन्दा बढी सेवा इन्जिनियरमार्फत १२ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X