आईतवार, आश्विन ४,२०८३ 02:37:20
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 02:37:21
Bizshala
Global IME Bank Limited

रसुवा–नुवाकोटका बाढीपीडितको पीडामा भगबती चौधरीको साथ: ‘जग्गा सरकारले देओस्,घर हामी बनाउँछौँ’

रसुवा–नुवाकोटका बाढीपीडितको पीडामा भगबती चौधरीको साथ: ‘जग्गा सरकारले देओस्,घर हामी बनाउँछौँ’
New Office

काठमाण्डौ । गत भदौ १० गते आएको विनाशकारी रसुवा–भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका करिब ३ सय घरपरिवारलाई पूर्वमन्त्री भगबती चौधरीले राहत सामग्री वितरण गरेकी छन् । बाढीबाट सर्वस्व गुमाएका तथा अस्थायी सेल्टरमा बस्दै आएका परिवारलाई राहतसँगै सुरक्षित र स्थायी आवासको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता समेत उनले जनाएकी छन् ।

शनिबार नुवाकोटको विदुर नगरपालिका–५ का ४१ घरपरिवारसहित विदुर नगरपालिका–१ देवीघाट क्षेत्रमा अस्थायी सेल्टरमा बसिरहेका बाढीपीडितलाई राहत वितरण गरिएको हो । राहत सामग्रीमा चामल, दाल, नुन, तेल, खानेपानीका जार, सरसफाइका सामग्रीलगायत दैनिक उपभोग्य वस्तु रहेका छन् । करिब १० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको फरवार्ड ग्रुपले जनाएको छ ।

फरवार्ड ग्रुप, फरवार्ड माइक्रोफाइनान्स तथा ग्रामीण महिला उत्सुकता विकास मञ्चसँगको सहकार्य र समन्वयमा राहत वितरण गरिएको हो । सो अवसरमा इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीता चौधरीले समेत राहतका लागि खाद्यान्न सहयोग गरेकी छन् । राहत रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावित नागरिक तथा नुवाकोटको देवीघाट र त्रिशूली बजार क्षेत्रमा विस्थापित भएर बसेका परिवारलाई वितरण गरिएको हो ।

यसै क्रममा बट्टार बजार क्षेत्रमा नेशनल भोलेन्टियर्सले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर तथा निःशुल्क खाना अभियानलाई समेत पूर्वमन्त्री चौधरीको टोलीले सहयोग गरेको थियो । विपद्पछि स्वास्थ्य, खाद्यान्न तथा आवासको समस्यामा रहेका प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाको आवश्यकता रहेको चौधरीले बताइन् ।

राहत लिन पुगेका पीडितहरूले भने राज्यबाट अपेक्षित सहयोग र उपस्थिति नदेखिएको गुनासो गरेका छन् । त्रिशूली नदीका पुलहरू बाढीले भत्किएपछि आवतजावतमा समस्या भएको भन्दै उनीहरूले बाढी गएको लामो समय बितिसक्दा पनि वैकल्पिक पुल निर्माण हुन नसकेको बताएका छन् । कतिपय स्थानमा तुइनमार्फत नदी पार गर्नुपर्ने र तुइन तर्नसमेत घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । रसुवाको टिमुरे, बेत्रावती लगायत क्षेत्रमा रहेका बाढी प्रभावित नागरिकको अवस्था झनै कठिन रहेको उनीहरूले बताएका छन् ।

Shivam Cement
Bizshala
CG Motors

नुवाकोटमा विस्थापित दलित समुदायले समेत आवासको समस्या भोगिरहेको बताएका छन् । बाढीमा घर तथा सम्पत्ति गुमाएका कतिपय परिवारले बजार क्षेत्रमा कोठा भाडामा समेत पाउन नसकेको गुनासो गरेका छन् । विद्यालयका संरचना क्षतिग्रस्त भएपछि बालबालिकाको पढाइ प्रभावित भएको र कतिपय बालबालिका होल्डिङ सेन्टरमै दिन बिताउन बाध्य भएको पीडित परिवारको भनाइ छ ।

अस्थायी सेल्टरमा बसिरहेका रसुवाको उत्तरगया गाउँपालिकाका बाढीपीडितले आफूहरू पुनः पुरानै स्थानमा फर्किन नसक्ने अवस्था रहेको भन्दै सुरक्षित स्थानमा स्थायी आवासको व्यवस्था गरिदिन पूर्वमन्त्री चौधरीसँग आग्रह गरेका थिए । उनीहरूले आफूहरूलाई तत्कालीन राहतभन्दा पनि दीर्घकालीन पुनःस्थापना आवश्यक रहेको बताएका थिए ।

सरकारले यहाँ ल्याएर टेन्टमा राख्नुबाहेक केही गरेन । यो पनि वनको जग्गा रहेछ, तीन महिनापछि छोड्नुपर्ने भनिएको छ । शौचालय र खानेपानीको समस्या छ । आफन्तहरू हराइरहेका छन् । सरकारले केहि गरेन, बरू मनकारी व्यक्ति र संघसंस्थाको सहयोगकै कारण बाँचिरहेका छौँ ।’ एक पीडितले राज्यको उपस्थिति कमजोर भएको गुनासो गर्दै भने ।

पीडितहरूको गुनासो सुनेपछि पूर्वमन्त्री चौधरीले विपद्को यस्तो समयमा राज्य जनताको अभिभावकका रूपमा उपस्थित हुनुपर्ने बताइन् । राज्यले जग्गा व्यवस्थापन गरिदिए आफू करिब ५ सय घरपरिवारका लागि सुरक्षित घर निर्माण गर्न तयार रहेको उनले बताइन् । ‘यस्तै बेला हो राज्य देखिनुपर्ने । जनता आफ्नो सर्वस्व गुमाएर छट्पटाइरहेको अवस्थामा राज्य अभिभावक हुनुपर्छ । तर यहाँ मैले कुनै पनि प्रकारको सरकार देखिनँ,’ चौधरीले भनिन् ।

स्थानीय सरकार तथा जनप्रतिनिधिहरूले पीडित नागरिकको समस्या समाधानका लागि निरन्तर पहल गर्नुपर्ने उनको भनाइ थियो । स्थानीय तहले जनताको दैनिक समस्या नजिकबाट बुझेर प्रदेश र संघ सरकारलाई आवश्यक पुनःस्थापना तथा पुनर्निर्माणका कार्यक्रम तत्काल अघि बढाउन दबाब दिनुपर्ने उनले बताइन् ।

Muktinath Bikas Bank Limited

चौधरीले त्रिशूली बजारको अस्तित्व नै संकटमा पर्ने गरी भएको बाढीको क्षति निरीक्षण गर्दै तत्काल स्थायी आवास निर्माण तथा भत्किएका संरचनाको पुनर्निर्माण अघि बढाउन सरकारको ध्यानाकर्षण गराइन् । पुनर्निर्माण सम्भव नभएका जोखिमयुक्त स्थानको विकल्पमा सुरक्षित वैकल्पिक बस्ती विकास गरेर नागरिकको जीवनस्तर सुधार्ने योजना ल्याउनुपर्ने उनको सुझाव छ ।

उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा देश–विदेशबाट ठूलो मात्रामा सहयोग जम्मा भएको उल्लेख गर्दै उक्त रकमलाई पारदर्शी र प्रभावकारी रूपमा तत्काल प्रभावित नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणमा प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।

पीडित नागरिकले राज्य छ भन्ने अनुभूति गर्न पाउनुपर्छ । राहतले केही समयको पीडा कम गर्न सक्छ, तर उनीहरूको सुरक्षित भविष्यका लागि स्थायी आवास, शिक्षा, खानेपानी, स्वास्थ्य र आवतजावतको दीर्घकालीन व्यवस्था आवश्यक छ,’ चौधरीले बताइन् ।

आफ्नो तर्फबाट समेत बाढीपीडित नागरिकको सुरक्षित तथा स्थायी बसोबासका लागि आवश्यक पहल जारी राख्ने प्रतिबद्धता जनाउँदै चौधरीले विपद्बाट प्रभावित परिवारलाई पुनः सामान्य जीवनमा फर्काउन सरकार, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक सबैको सहकार्य आवश्यक रहेको बताइन् ।

राहत सामग्री लिएर आफ्नो भूगोलभन्दा टाढाबाट पीडामा साथ दिन पुगेकी चौधरीप्रति पीडित परिवारले धन्यवाद व्यक्त गर्दै संकटका बेला मानवीय सहयोग र भरोसा प्रदान गर्ने व्यक्ति तथा संस्थाहरूबाट आफूहरूले ठूलो हौसला पाएको बताएका छन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.