मंगलवार, आश्विन २७,२०८३ 09:59:22
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 09:59:22
Bizshala
Global IME Bank Limited

भारत लगेर नेपाली महिला–युवती शोषण गरेको आरोपमा छानबिन, दोषीमाथि कारबाही हुने

Bizshala
भारत लगेर नेपाली महिला–युवती शोषण गरेको आरोपमा छानबिन, दोषीमाथि कारबाही हुने
New Office

काठमाण्डौ । नेपाली महिला तथा युवतीलाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्‍याई शोषण गर्ने गरिएको विवरण सार्वजनिक भएपछि सरकारले छानबिन प्रक्रिया अघि बढाएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले असोज ४ गते विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। मन्त्रालयका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयसँग समन्वय गरी सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई आवश्यक छानबिनका लागि निर्देशन दिइएको छ।

विभिन्न सञ्चारमाध्यमका खोजमूलक समाचारमा नेपाली महिला तथा युवतीलाई रोजगारी, विवाह, अध्ययन, वैदेशिक रोजगारी तथा मनोरञ्जनका अवसरको प्रलोभन देखाएर बिचौलियामार्फत भारत पुर्‍याउने र शोषणमा पार्ने गरिएको विषय सार्वजनिक भएको थियो।

मन्त्रालयले सार्वजनिक विवरणलाई प्रारम्भिक सूचनाका रूपमा लिएर सम्बन्धित व्यक्ति, बिचौलिया, संस्था, सीमा नाका, यात्राको माध्यम तथा सम्भावित आपराधिक सञ्जालसमेत समेटेर अनुसन्धान अघि बढाइने जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अनुसन्धानका क्रममा प्रमाण संकलन, सम्भावित पीडितको पहिचान तथा संरक्षण र घटनामा संलग्न व्यक्तिको भूमिकाबारे अनुसन्धान गरिनेछ। यद्यपि मन्त्रालयले हालसम्म पीडितको संख्या, सम्भावित आरोपित वा पक्राउ परेका व्यक्तिबारे कुनै विवरण सार्वजनिक गरेको छैन।

मन्त्रालयले नेपाल–भारतबीचको खुला सीमाको दुरुपयोग गरी महिला, युवती तथा बालबालिकालाई सीमापार लैजाने र शोषण गर्ने कार्यमा संलग्नता पुष्टि भए कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारेको छ।

नेपाली नागरिकलाई सीमापार पुर्‍याएपछि नेपालको कानुनी सरोकार समाप्त नहुने उल्लेख गर्दै मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्ति कारबाहीबाट उम्कन नसक्ने जनाएको छ।

सरकारले अनुसन्धान र कारबाहीसँगै पीडितको उद्धार, संरक्षण, सुरक्षित स्वदेश फिर्ती र पुनर्स्थापनालाई पनि प्राथमिकता दिने जनाएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

मन्त्रालयले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट आउने अस्वाभाविक उच्च आम्दानी, रोजगारी, विदेश यात्रा, विवाह, मोडलिङ तथा मनोरञ्जनसम्बन्धी आकर्षक प्रस्तावप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

यस्तै, विदेश जानुअघि सम्बन्धित व्यक्ति तथा संस्थाको आधिकारिकता यकिन गर्न, कानुनी प्रक्रिया पूरा गर्न तथा राहदानी, नागरिकता, बैंक विवरणलगायत व्यक्तिगत कागजात अपरिचित व्यक्ति वा बिचौलियालाई नदिन आग्रह गरिएको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा मानव बेचबिखन, जबर्जस्ती लैजाने प्रयास वा सीमापार शोषणसम्बन्धी कुनै सूचना भए तत्काल नजिकको प्रहरी कार्यालय, सम्बन्धित सरकारी निकाय वा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जानकारी दिन आग्रह गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X