सोमबार, आश्विन ५,२०८३ 02:08:16
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 02:08:16
Bizshala
Global IME Bank Limited

जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ

जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ
New Office

काठमाण्डौ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जाडोयाममा विद्युत आपूर्ति सहज र सन्तुलित बनाउन आवश्यक तयारी तथा गृहकार्य भइरहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि करिब १० प्रतिशत विद्युत् प्रणालीबाट बाहिरिएको र त्यसका कारण राष्ट्रिय प्रसारण लाइनमा चाप परेको बताए।

प्रसारण प्रणालीमा चाप परे पनि नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनलाई सन्तुलित राख्न काम गरिरहेको उनको भनाइ छ। आगामी जाडोयाममा विद्युत्को माग बढ्ने भएकाले आपूर्ति व्यवस्थापनका लागि अहिलेबाटै प्राविधिक तयारी भइरहेको मन्त्री श्रेष्ठले जानकारी दिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले प्रसारण लाइनमा जोडिन बाँकी रहेका संरचना, अन्य सम्भावित जोखिमयुक्त क्षेत्र तथा ती जोखिमलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए। जाडोयाममा पनि हालकै अवस्थामा विद्युत् आपूर्तिलाई सन्तुलित राख्ने गरी आवश्यक तयारी भइरहेको उनको भनाइ छ।

मन्त्री श्रेष्ठका अनुसार जाडोयामका दुई महिनामा विद्युत्को माग उल्लेख्य रूपमा बढ्ने गर्छ। त्यसलाई ध्यानमा राखेर विद्युत् आपूर्ति व्यवस्थापन तथा प्रणालीलाई स्थिर राख्न आवश्यक तयारी भइरहेको उनले बताए।

बाढीका कारण प्रभावित नुवाकोटमा २४ घण्टाभित्रै विद्युत् सेवा पुनः सञ्चालन गरिएको तथा रसुवामा पनि हालै विद्युतीकरण भएको मन्त्री श्रेष्ठले जानकारी दिए। अब आउने सुख्खायाममा विद्युत् आपूर्ति तथा माग व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्राविधिक रूपमा तयारी भइरहेको उनले बताए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.