काठमाण्डौ। चीन सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि नेपाललाई १ करोड १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले उक्त सहयोग रकमको चेक शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई सोमबार शिक्षा तथा खेलकुद मन्त्रालयमा हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरणका क्रममा मन्त्री पोखरेलले विपद्को समयमा चीनले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल र चीनबीच आवश्यक समन्वय र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।
राजदूत चाङले बाढीबाट प्रभावित बालबालिकालाई प्रत्यक्ष रूपमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको जानकारी दिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।