सोमबार, आश्विन ५,२०८३ 05:39:29
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 05:39:29
Bizshala
Global IME Bank Limited

बसमा आगलागीपछि राहदानी विभागको सेवा प्रभावित

बसमा आगलागीपछि राहदानी विभागको सेवा प्रभावित
New Office

काठमाण्डौ। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको सडकमा भएको बस आगलागीका कारण राहदानी विभागको सेवा प्रभावित भएको छ। विभाग परिसर नजिकै गुडिरहेको बसमा आगलागी भएपछि उक्त क्षेत्रमा विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा विभागको प्राविधिक प्रणाली प्रभावित भएको हो।

विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि विभागको मुख्य सर्भर सञ्चालनमा समस्या आएको छ। त्यसको प्रत्यक्ष असर राहदानी छपाइ प्रक्रियामा परेको विभागले जनाएको छ।

छपाइ प्रक्रिया प्रभावित भएपछि तयार भइसकेका तथा छपाइको क्रममा रहेका राहदानी समयमै सेवाग्राहीलाई वितरण गर्न कठिनाइ भएको विभागले जनाएको छ। यसबाट राहदानी लिन प्रतीक्षारत सेवाग्राही प्रभावित भएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विभागले सोमबार सूचना जारी गर्दै प्राविधिक समस्या देखिए पनि नयाँ राहदानीका लागि आवश्यक आवेदन सङ्कलनको काम भने नियमित रूपमा सञ्चालन भइरहेको स्पष्ट पारेको छ।

अवरुद्ध विद्युत् तथा इन्टरनेट सेवा पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायबाट तीव्र रूपमा मर्मत तथा पुनर्स्थापनाको काम भइरहेको विभागले जनाएको छ। सेवा पूर्ण रूपमा पूर्ववत् हुन समय लाग्न सक्ने भएकाले राहदानी छपाइ तथा वितरणमा देखिएको समस्या समाधान भएपछि नियमित सेवा सञ्चालन गरिने विभागले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.