बिहीबार, आश्विन २९,२०८३ 01:44:36
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 01:44:36
Bizshala
Global IME Bank Limited

त्रिपुरेश्वर बस आगलागी : मृतकको पहिचानमा अन्योल, दावा लामालाई बग्गीखानामा बोलाएर सोधपुछ

Bizshala
त्रिपुरेश्वर बस आगलागी : मृतकको पहिचानमा अन्योल, दावा लामालाई बग्गीखानामा बोलाएर सोधपुछ
New Office

 

काठमाण्डौ । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका व्यक्तिको पहिचानलाई लिएर अन्योल देखिएको छ।

घटनापछि मृतकको साथमा फेला परेको सवारी चालक अनुमतिपत्रका आधारमा प्रहरीले उनी काभ्रेका २५ वर्षीय दावा लामा रहेको जानकारी दिएको थियो। तर दावा लामा नामका व्यक्ति आफैं सम्पर्कमा आएर आफू सकुशल रहेको बताएपछि मृतकको पहिचानबारे थप अनुसन्धान सुरु भएको हो।

यससँगै मृतकको साथमा फेला परेको लाइसेन्स दुरुपयोग भएको हुनसक्ने आशंका पनि गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

प्रहरीले आफूलाई दावा लामा बताउने व्यक्तिलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथस्थित बग्गीखानामा बोलाएको छ। उनीसँग घटनाबारे सोधपुछ भइरहेको एक प्रहरी अधिकृतले जानकारी दिएका छन्।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार दिउँसो त्रिपुरेश्वर बस स्टप नजिक आगलागी भएको थियो। आगलागी हुनुअघि बसका चालक र ट्राफिक प्रहरीबीच विवाद भएको बताइएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

त्यसको केही समयपछि बसको पछिल्लो भागबाट आगो सल्किएको देखिएको थियो। आगलागीमा परी एक व्यक्तिको जलेर मृत्यु भएको थियो।

घटनाको वास्तविक कारण र मृतकको पहिचानबारे काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले अनुसन्धान गरिरहेको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.