काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ जना सदस्य नियुक्त गरेको छ।
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ को खण्ड (च) र (ज) बमोजिम रिक्त सदस्य पदमा नियुक्ति गरिएको हो।
रिक्त पदका लागि लिइएको अन्तर्वार्ताबाट योग्यताक्रमअनुसार सिफारिस भएका व्यक्तिहरूमध्ये रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन्।
नवनियुक्त सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र अस्पतालका अध्यक्ष प्रा.डा. योगेन्द्र प्रसाद सिंहसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नयाँ सदस्य नियुक्तिसँगै अस्पतालको सञ्चालक समितिले पूर्णता पाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।