काठमाण्डौ । ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–६, सानागाउँका ४७ वर्षीय सरोज नेम्कुल रहेका छन्। नेम्कुलले सानागाउँमा सिद्धीपुर ग्यास स्टोर सञ्चालन गर्दै आएका थिए।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार नेम्कुलको ग्यास स्टोरबाट २२ वटा भरिएका ग्यास सिलिन्डर बरामद गरिएको छ।
प्रहरीले ग्यासको अभाव सिर्जना गर्न नहुने कसुरमा नेम्कुलमाथि अनुसन्धान अघि बढाएको जनाएको छ। यद्यपि, उनलाई कहिले पक्राउ गरिएको हो भन्ने विवरण प्रहरीले सार्वजनिक गरेको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।