काठमाण्डौ। परराष्ट्रमन्त्री शिशिर खनाल र स्लोभाक गणतन्त्रका विदेश तथा युरोपेली मामिलामन्त्री जुराज ब्लानरबीच द्विपक्षीय भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा न्यूयोर्कमा भएको साइडलाइन भेटवार्तामा नेपाल र स्लोभाक गणतन्त्रबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको हो।
भेटका क्रममा दुई देशबीच कायम मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको परराष्ट्रमन्त्री खनालको सचिवालयले जनाएको छ।
छलफलमा नेपाल–स्लोभाक सम्बन्धका साथै आपसी सहकार्यका सम्भावित क्षेत्र र समसामयिक क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा समेत विचारविमर्श भएको जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।