बुधबार, आश्विन ७,२०८३ 06:41:40
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 06:41:40
Bizshala
Global IME Bank Limited

परीक्षा प्रक्रिया पूरा भएपछि नतिजा प्रकाशनमा ढिलाइ नगर्न लोकसेवालाई सर्वोच्चको आदेश

Bizshala
परीक्षा प्रक्रिया पूरा भएपछि नतिजा प्रकाशनमा ढिलाइ नगर्न लोकसेवालाई सर्वोच्चको आदेश
New Office

काठमाण्डौ । परीक्षा प्रक्रिया पूरा भइसकेपछि अन्तिम नतिजा प्रकाशनमा अनावश्यक ढिलाइ नगर्न सर्वोच्च अदालतले लोक सेवा आयोगलाई आदेश दिएको छ। बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले मनबहादुर थापासहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। 

निवेदकहरूले प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीका पाँचवटा विज्ञापन—१६६७९, १६६८०, १६६८१, १६६८२ र १६६८३—मा लिखित परीक्षा तथा अन्तर्वार्तासमेत सम्पन्न भइसके पनि लोक सेवा आयोगले अन्तिम नतिजा प्रकाशनमा ढिलाइ गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले परीक्षा प्रक्रियामा सहभागी उम्मेदवारहरूको लिखित परीक्षा र अन्तर्वार्तासमेत सम्पन्न भइसकेको अवस्थामा यथाशीघ्र परीक्षाफल प्रकाशन हुनु उनीहरूको वैधानिक अपेक्षा हुने उल्लेख गरेको छ। 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आदेशमा भनिएको छ, “निवेदकहरूसमेत सहभागी भई अन्तर्वार्ता समेत सम्पन्न भई परीक्षाका सम्पूर्ण प्रक्रिया पूरा भइसकेको भन्ने निवेदन व्यहोराबाट देखिएको अवस्थामा यथाशीघ्र परीक्षाफल प्रकाशन हुनु निवेदकहरूसमेतको वैधानिक अपेक्षा रहन्छ।” सर्वोच्चले लोक सेवा आयोग ऐन, २०७९ को दफा २९९१० तथा लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७९ को दफा ६५ मा रहेको व्यवस्थासमेत उल्लेख गर्दै पदपूर्तिका लागि उम्मेदवार छनोटसम्बन्धी परीक्षाको सम्पूर्ण प्रक्रिया पूरा भएपछि अन्तिम नतिजा प्रकाशन गर्नुपर्ने देखिएको जनाएको छ। 

परीक्षाका सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम नतिजा यथाशीघ्र प्रकाशन गर्नुपर्ने देखिए पनि हालसम्म नतिजा प्रकाशित नभएको भन्दै सर्वोच्चले अन्तिम नतिजा प्रकाशन गर्न नरोक्न अन्तरिम आदेश जारी गरेको हो। त्यसैगरी, सर्वोच्च अदालतले विपक्षी लोक सेवा आयोगलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्नसमेत आदेश दिएको छ।

 

 

 

 

 

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.