बिहीबार, आश्विन ८,२०८३ 06:45:05
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 06:45:05
Bizshala
Global IME Bank Limited

आजदेखि ४ दिनसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन प्राधिकरणको आग्रह

Bizshala
आजदेखि ४ दिनसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन प्राधिकरणको आग्रह
New Office

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बुलेटिनलाई उद्धृत गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

प्राधिकरणका अनुसार मौसमी प्रणालीका कारण बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम बढ्न सक्नेछ। विशेषगरी सहरी क्षेत्र तथा तराईका विभिन्न स्थानमा डुबानको समस्या आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

भारी वर्षाका कारण ठूला तथा साना नदी–खोलामा जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने जनाइएको छ। यसबाट दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, नदी तटीय क्षेत्रमा भइरहेका निर्माण कार्य तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने प्राधिकरणको भनाइ छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, हिमाली क्षेत्रमा भारी हिमपातको समेत सम्भावना रहेकाले पर्वतारोही, पदयात्री, पर्यटक तथा उच्च हिमाली क्षेत्रमा रहेका सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतद्वारा जारी विज्ञप्तिमा प्रतिकूल मौसमको समयमा अनावश्यक यात्रा नगर्न र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

हिमाली तथा उच्च उचाइका क्षेत्रमा रहेका पदयात्री, पर्यटक तथा सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा फर्कन र मौसममा सुधार नआएसम्म जोखिमयुक्त यात्रा नगर्न प्राधिकरणले आग्रह गरेको छ।

त्यसैगरी, नदी तथा नदी तटीय क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन, सडक, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान र पदयात्रा मार्गको अवस्थाबारे नियमित जानकारी लिन तथा बाढी, पहिरो र हिमपातको उच्च जोखिम रहेका क्षेत्रमा नजान अनुरोध गरिएको छ।

प्राधिकरणले विपद्को पूर्वतयारी तथा सुरक्षाका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सम्बन्धित निकायबाट जारी हुने आधिकारिक निर्देशनको पूर्ण पालना गर्न पनि सर्वसाधारणलाई आह्वान गरेको छ।

मौसम तथा वर्षासम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ। यस्तै, कुनै विपद् वा आपत्कालीन अवस्था उत्पन्न भएमा नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ तथा विपद् आपत्कालीन हटलाइन १२३४ मा तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.