मंगलवार, कार्तिक १०,२०८३ 01:27:48
  • मंगलवार, कार्तिक १०,२०८३ 01:27:48
Global IME Bank Limited

अत्यावश्यक वस्तुको सञ्चय नगर्न सरकारको आग्रह

Bizshala
अत्यावश्यक वस्तुको सञ्चय नगर्न सरकारको आग्रह
New Office

काठमाण्डौ । सरकारले दैनिक उपभोगका अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज रहेको जनाउँदै आवश्यकता भन्दा बढी वस्तु सञ्चय तथा भण्डारण नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमार्फत राष्ट्रिय खाद्य सुरक्षा भण्डार तथा सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको जनाएको हो।

मन्त्रालयका अनुसार बाढी, पहिरो वा अन्य विपद्का कारण प्रमुख राजमार्ग तथा आपूर्ति मार्ग अवरुद्ध भएमा वैकल्पिक मार्ग प्रयोग गरी अत्यावश्यक वस्तुको ढुवानीलाई निरन्तरता दिइनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

चाडपर्व तथा विपद्को अवस्थालाई अवसर बनाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कार्टेलिङ तथा सिन्डिकेट गर्ने, कालोबजारी गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने र वस्तु लुकाउनेजस्ता गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई सघन बनाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा उपभोक्तालाई अनावश्यक रूपमा अत्यावश्यक वस्तु सञ्चय नगर्न आग्रह गर्दै बजारमा कुनै असामान्य अवस्था देखिएमा सम्बन्धित निकायमा जानकारी गराउनसमेत अनुरोध गरिएको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.