शुक्रबार, आश्विन ९,२०८३ 12:05:56
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 12:05:56
Bizshala
Global IME Bank Limited

आज पश्चिम नेपालमा आकस्मिक बाढीको उच्च जोखिम, भोलि काठमाडौं उपत्यकासहित थप क्षेत्रमा फैलिने

Bizshala
आज पश्चिम नेपालमा आकस्मिक बाढीको उच्च जोखिम, भोलि काठमाडौं उपत्यकासहित थप क्षेत्रमा फैलिने
New Office

काठमाण्डौ । देशका विभिन्न ठाउँमा साना नदी तथा खोलाको बहाव एक्कासि बढेर आकस्मिक बाढी आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। शुक्रबार बिहान ८ बजे जारी पाँचदिने विशेष बाढी पूर्वानुमान बुलेटिनअनुसार असोज ९ र १० गते जोखिम बढी छ।

महाशाखाले आज ताप्लेजुङदेखि कञ्चनपुरसम्मका विभिन्न जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम देखाएको छ। गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरलगायतका जिल्ला तथा आसपासका क्षेत्रमा भने उच्च जोखिम रहने सम्भावना औँल्याएको छ।

शनिबार काठमाडौं, भक्तपुर र ललितपुरसहित बागमती प्रदेशका धेरै जिल्लामा साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ। नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ तथा गण्डकी र लुम्बिनी प्रदेशका अन्य जिल्लामा पनि उच्च जोखिमको चेतावनी दिइएको छ। महाशाखाको जोखिम नक्सामा शनिबार मध्य तथा पश्चिम नेपालका धेरै भूभाग सुन्तला रङमा देखिएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ठूला नदीको कुन खण्डमा कहिले बहाव बढ्छ ?

बुलेटिनअनुसार आज बिहानको मापनमा कोशी, नारायणी, बागमती, कन्काई, कमला र यी नदीका केही सहायक नदीको जलसतह सतर्कता तह नजिक छ। पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली तथा तिनका सहायक नदीको बहाव भने बिहान सतर्कता तहभन्दा तल थियो। तर आगामी दिनमा बहाव बढ्ने पूर्वानुमान छ।

विशेषगरी नारायणीको देवघाट, त्रिशूलीको बेत्रावतीलगायतका खण्डमा आज र भोलि बहाव उल्लेख्य बढ्ने देखिएको छ। कर्णालीको चिसापानी, तुलीभेरीको रिम्ना र महाकालीको पारिगाउँ क्षेत्रमा शनिबारदेखि बहाव बढ्ने अनुमान छ। तिनाउको बुटवल, बाणगंगाको कपिलवस्तु, पश्चिम राप्तीको कुसुम र बबईको चेपाङ क्षेत्रमा पनि शनिबारदेखि नदीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाले असोज ११ गते पनि सातै प्रदेशका केही साना नदीमा आकस्मिक बहाव बढ्न सक्ने जनाएको छ। पाँचदिने तालिकाअनुसार केही नदीमा असोज १२ गतेसम्म बहाव बढ्ने क्रम जारी रहन सक्छ। त्यसैले आज र भोलिको जोखिम घटेपछि पनि नदीको अवस्था हेरेर मात्र आवतजावत गर्नुपर्ने देखिन्छ।

सुन्तला रङको चेतावनीको अर्थ के हो?

महाशाखाको बुलेटिनमा पहेँलो रङले सतर्क रहनुपर्ने अवस्था र सुन्तला रङले बाढी आउन सक्ने सम्भावना उच्च भएकाले तयारी अवस्थामा रहनुपर्ने जनाउँछ। सुन्तला रङको जोखिम भएका नदी तटीय र होचा भूभागका बासिन्दालाई आवश्यक सामग्री तयारी अवस्थामा राख्न र आवश्यक परे सुरक्षित स्थानमा जान तयार रहन आग्रह गरिएको छ। स्थानीय निकायलाई नदीको निगरानी बढाउन तथा उद्धार र राहतका साधन तयारी अवस्थामा राख्न भनिएको छ।

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.