काठमाण्डौ । सप्तकोशी नदीको चतरा क्षेत्रमा बाढीको सतह बढ्दो क्रममा रहेपछि तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले असोज ९ गते दिउँसो २ बजे सूचना जारी गर्दै चतरा क्षेत्रमा नदीको बहाव बढिरहेको जनाएको हो।
महाशाखाले सप्तकोशीको तल्लो तटीय क्षेत्र तथा डुबानको जोखिम रहने स्थानमा बसोबास गर्ने नागरिकलाई पर्सीसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।