काठमाण्डौ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा त्रिशूली नदीले सडक कटान गर्दा सडकको करिब आधा भाग भासिएको छ।
सडकको केही भाग भासिएपछि उक्त स्थानमा यातायात एकतर्फी अवरुद्ध भएको छ। सडकको आधा भाग भासिएकाले सवारीसाधन आवतजावतमा कठिनाइ भएको छ।
नदीको बहाव र कटानका कारण सडक थप क्षतिग्रस्त हुन सक्ने जोखिम रहेकाले उक्त क्षेत्रमा यात्रा गर्ने सवारीचालक तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।