काठमाण्डौ । लगातार भइरहेको वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह बढेर १ हजार ५२६ मिटर पुगेको छ। पानीको सतह अझै बढ्न सक्ने भन्दै नेपाल विद्युत् प्राधिकरण, कुलेखानी प्रथम जलविद्युत् केन्द्रले आसपासका बासिन्दा तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जलविद्युत् केन्द्रका अनुसार जलाशयमा पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइनेछ।
पानीको सतह निरन्तर बढिरहेको अवस्थामा ड्याम आसपास तथा सम्भावित जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन केन्द्रले अनुरोध गरेको छ।
जलविद्युत् केन्द्रले जारी गरेको सूचनालाई अन्य व्यक्तिसम्म समेत पुर्याई सम्भावित जोखिमबाट सुरक्षित रहन सहयोग गर्न आग्रह गरेको छ। साथै, जोखिमको अवस्था आउन सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन र आवश्यक सुरक्षा उपाय अपनाउन भनिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।