काठमाण्डौ । अविरल वर्षापछि गएको पहिरोमा पुरिएर बागलुङमा एकै परिवारका चार जनाको मृत्यु भएको छ।
जिल्लाको निसीखोला गाउँपालिका–३ मा गएको पहिरोमा परी श्यामकुमारी विक र उनका तीन छोरा मनोज विक, मुकेश विक र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार पहिरोले घर पुरेपछि उनीहरूको खोजी तथा उद्धार सुरु गरिएको थियो।
घटनास्थलबाट केहीबेरअघि तीन जनाको शव निकालिएको प्रहरीले जनाएको छ। पहिरो प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीयवासी उद्धारमा खटिएका छन्।
लगातारको वर्षाका कारण बागलुङका विभिन्न पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ। स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।