सोमबार, कार्तिक २,२०८३ 07:04:28
  • सोमबार, कार्तिक २,२०८३ 07:04:28
Global IME Bank Limited

ज्येष्ठ नागरिक दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

Bizshala
ज्येष्ठ नागरिक दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने
New Office

काठमाण्डौ ।  नर्भिक इन्टरनेशनल हस्पिटलले अक्टोबर १ मा मनाइने विश्व ज्येष्ठ नागरिक दिवसका अवसरमा निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।

हस्पिटलले ३० सेप्टेम्बरदेखि २ अक्टोबरसम्म (असोज १४ देखि १६) ६५ वर्ष वा त्यसभन्दा माथिको उमेरका ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क ओपीडी सञ्चालन गर्न लागेको हो । साथै उक्त अवसरमा परीक्षणमा १० प्रतिशत छुट पनि उपलब्ध गराइने हस्पिटलले जनाएको छ । निःशुल्क ओपीडी बिहान ८ देखि ११ र दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन हुनेछ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उमेर बढेसँगै विभिन्न स्वास्थ्य समस्याको जोखिम रहने भएकाले ज्येष्ठ नागरिकले समय–समयमा परीक्षण गराउनु आवश्यक रहेको कन्सल्टेन्ट जेरियाट्रिक केयर फिजिसियन डा. विन्दु पाण्डेले बताए ।  

निःशुल्क ओपीडी सेवा लिनका लागि ०१–५९७००३२ र ९८०२१७००३२ मा सम्पर्क गर्न हस्पिटलले आग्रह गरेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

हस्पिटलले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकको विशेष स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै जेरियाट्रिक केयर सेवा पनि सञ्चालन गर्दै आएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.