काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले अक्टोबर १ मा मनाइने विश्व ज्येष्ठ नागरिक दिवसका अवसरमा निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।
हस्पिटलले ३० सेप्टेम्बरदेखि २ अक्टोबरसम्म (असोज १४ देखि १६) ६५ वर्ष वा त्यसभन्दा माथिको उमेरका ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क ओपीडी सञ्चालन गर्न लागेको हो । साथै उक्त अवसरमा परीक्षणमा १० प्रतिशत छुट पनि उपलब्ध गराइने हस्पिटलले जनाएको छ । निःशुल्क ओपीडी बिहान ८ देखि ११ र दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन हुनेछ ।
उमेर बढेसँगै विभिन्न स्वास्थ्य समस्याको जोखिम रहने भएकाले ज्येष्ठ नागरिकले समय–समयमा परीक्षण गराउनु आवश्यक रहेको कन्सल्टेन्ट जेरियाट्रिक केयर फिजिसियन डा. विन्दु पाण्डेले बताए ।
निःशुल्क ओपीडी सेवा लिनका लागि ०१–५९७००३२ र ९८०२१७००३२ मा सम्पर्क गर्न हस्पिटलले आग्रह गरेको छ ।
हस्पिटलले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकको विशेष स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै जेरियाट्रिक केयर सेवा पनि सञ्चालन गर्दै आएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।