मंगलवार, आश्विन १३,२०८३ 05:57:14
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 05:57:14
Bizshala
Global IME Bank Limited

चिरख्वा हाइड्रोपावरको ३० लाख २० हजार कित्ता सेयरको लकइन खुल्दै

Bizshala
चिरख्वा हाइड्रोपावरको ३० लाख २० हजार कित्ता सेयरको लकइन खुल्दै
New Office

काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको संस्थापक, कर्मचारी तथा आयोजना प्रभावित स्थानीय बासिन्दाको स्वामित्वमा रहेको कुल ३० लाख २० हजार ७०० कित्ता सेयरको लकइन अवधि सकिने भएको छ।

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई दिएको जानकारीअनुसार उक्त सेयरको लकइन अवधि २०८३ कात्तिक १४ गते समाप्त हुनेछ। 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

लकइन खुल्ने सेयरमध्ये सबैभन्दा ठूलो हिस्सा संस्थापक समूहको छ। कम्पनीका अनुसार संस्थापक समूहको २५ लाख कित्ता सेयर लकइनमा रहेको छ।

त्यस्तै, कर्मचारीलाई सुरक्षित गरिएको १६ हजार कित्ता तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित गरिएको ५ लाख ४ हजार ७०० कित्ता सेयरको समेत सोही मितिबाट लकइन अवधि समाप्त हुनेछ। 

यसरी तीनवटै समूहको गरी कुल ३० लाख २० हजार ७०० कित्ता सेयर लकइनमुक्त हुने कम्पनीले जनाएको छ। 

धितोपत्रसम्बन्धी प्रचलित व्यवस्थाअनुसार सर्वसाधारणलाई आईपीओ बाँडफाँट भएको मितिले निश्चित अवधिसम्म संस्थापक, कर्मचारी तथा आयोजना प्रभावित स्थानीयको सेयरमा लकइन रहने व्यवस्था छ। 

सोही व्यवस्थाबमोजिम चिरख्वा हाइड्रोपावरको उक्त सेयरको लकइन अवधि सकिन लागेको हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.