काठमाण्डौ । सरकारले घुन्सा र सिम्बुवा जलविद्युत् आयोजना रेमिट हाइड्रोको अवधारणाबाट निर्माण गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
७०.३ मेगावाट क्षमताको सिम्वुवा खोला जलविद्युत आयोजना र ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजना ताप्लेजुङ जिल्लामा निर्माण हुने छ ।
गत वैशाखमा सम्पन्न भएको तेस्रो लगानी सम्मेलनमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्हरुबीच रेमिट्यान्सको रकमबाट जलविद्युत् आयोजना निर्माण गर्ने समझदारी भएको थियो ।