काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका ठूलो नेपाली गोलभेडाको थोक मूल्य प्रतिकेजी ६० रुपैयाँ तोकेको छ।
समितिका अनुसार आज भारतीय ठूलो गोलभेडाको ७० रुपैयाँ छ। सानो लोकल गोलभेडा प्रतिकेजी ४८ रुपैयाँ तथा टनेलको ५० रुपैयाँ रहेको छ।
रातो लाम्चो आलुको मूल्य प्रतिकेजी ५५ रुपैयाँ, गोलो र मुडे रातो आलुको ५० रुपैयाँ तथा भारतीय रातो आलुको ५० रुपैयाँ छ। भारतीय सुकेको प्याजको मूल्य प्रतिकेजी ८५ रुपैयाँ छ।
यस्तै लोकल गाजरको मूल्य प्रतिकेजी ११० रुपैयाँ, तराई गाजरको ८० रुपैयाँ, लोकल बन्दाको ४५ रुपैयाँ र स्थानीय काउलीको ११० रुपैयाँ रहेको छ। रायोको साग प्रतिकेजी १५० रुपैयाँ तथा पालुंगोको साग पनि १५० रुपैयाँ छ।
यस्तै, बोडीको मूल्य १२० र मकै बोडीको मूल्य प्रतिकेजी १०० रुपैयाँ, घिउ सिमीको ९० रुपैयाँ, भटमासकोशाको ११० रुपैयाँ, करेलाको १२० रुपैयाँ र लौकाको ९० रुपैयाँ रहेको छ।
च्याउतर्फ कन्य च्याउको मूल्य प्रतिकेजी २४० रुपैयाँ, डल्ले च्याउको ४५० रुपैयाँ, राजा च्याउको ३०० रुपैयाँ र सिताके च्याउको ८०० रुपैयाँ छ। कुरीलोको मूल्य ७०० र जिरीको सागको मूल्य प्रतिकेजी १०० रुपैयाँ रहेको छ।
फलफूलतर्फ फुजी स्याउको मूल्य प्रतिकेजी ३०० रुपैयाँ छ। नेपाली केराको मूल्य प्रतिदर्जन १५० रुपैयाँ तथा मालभोग केराको १०० रुपैयाँ रहेको छ।
कागतीको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ, अनारको ३०० रुपैयाँ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।