सोमबार, आश्विन १९,२०८३ 03:13:22
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 03:13:22
Bizshala
Global IME Bank Limited

सुरक्षा खतरापछि बेलायतस्थित सैन्य बेसबाट अमेरिकी बमवर्षक फिर्ता

Bizshala
सुरक्षा खतरापछि बेलायतस्थित सैन्य बेसबाट अमेरिकी बमवर्षक फिर्ता
New Office

काठमाण्डौ । अमेरिकाले बेलायतको ग्लोस्टरशायरस्थित आरएएफ फेयरफोर्ड सैन्य बेसमा तैनाथ आफ्ना सबै बमवर्षक विमान अमेरिकाकै मुख्य बेसमा फिर्ता गरेको छ। अमेरिकी रक्षा विभागका एक अधिकारीले फेयरफोर्डमा रहेका सबै अमेरिकी बमवर्षकलाई स्वदेश फर्काइएको पुष्टि गरेका छन्।

बेलायतस्थित उक्त सैन्य बेसलाई लक्षित गरी सम्भावित सुरक्षा खतराको अनुसन्धान भइरहेका बेला अमेरिकाले बमवर्षक फिर्ता गरेको हो। सेप्टेम्बर २७ मा बेसनजिकै तीनवटा ‘सन्दिग्ध सवारीसाधन’ देखिएपछि बेलायती प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अमेरिकाले विमान फिर्ता गर्नुको स्पष्ट कारण सार्वजनिक गरेको छैन। तर सुरक्षा खतराका कारण यो कदम चालिएको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

फेयरफोर्डमा अमेरिकी वायुसेनाका बी–१ बमवर्षक विमानसहितका सैन्य विमानहरू तैनाथ हुँदै आएका छन्। पछिल्लो घटनापछि केही विमान तैनाथ भएको छोटो समयमै अमेरिकातर्फ फर्काइएका थिए।

अमेरिकी रक्षा विभागले सैन्य गतिविधिको सुरक्षा संवेदनशीलताका कारण विमान तथा सेनाको आवागमन तत्काल सार्वजनिक नगर्ने नीति रहेको जनाएको छ। यद्यपि सबै अमेरिकी बमवर्षकलाई अमेरिकास्थित उनीहरूका गृह बेसमा पुनः तैनाथ गरिएको पुष्टि गरिएको छ।

घटनाले बेलायतस्थित अमेरिकी सैन्य संरचनाको सुरक्षा र सम्भावित आतंकवादी खतराबारे थप चासो बढाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.