सोमबार, आश्विन १९,२०८३ 04:27:29
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 04:27:29
Bizshala
Global IME Bank Limited

भाटभटेनीमा दसैं किनमेल गर्दा २ नयाँ टाटा पञ्च ईभी जित्ने अवसर

Bizshala
भाटभटेनीमा दसैं किनमेल गर्दा २ नयाँ टाटा पञ्च ईभी जित्ने अवसर
New Office

 

काठमाण्डौ । नेपालीहरूको प्रमुख चाड दसैं, तिहार र छठलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केटले ग्राहकका लागि विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत भाटभटेनीमा किनमेल गर्ने ग्राहकले सामानसँगै नयाँ टाटा पञ्च ईभी जित्ने अवसरसमेत पाउने भएका छन्।

नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा ल्याइएको योजनाअनुसार भाटभटेनीका देशभरका कुनै पनि स्टोरबाट एकपटकमा २ हजार ५०० रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन्।

खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता गरिनेछ। योजना अवधिको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी नयाँ टाटा पञ्च ईभी उपहार प्रदान गरिने भाटभटेनीले जनाएको छ।

त्यसैगरी, भाटभटेनीबाट सामान खरिद गरी नेपाल पेबाट क्यूआरमार्फत भुक्तानी गर्दा पनि एक जना भाग्यशाली ग्राहकले अर्को नयाँ टाटा पञ्च ईभी जित्न सक्ने व्यवस्था गरिएको छ। यसरी चाडपर्वको अवधिमा ग्राहकले कुल दुईवटा नयाँ टाटा पञ्च ईभी जित्ने अवसर पाउनेछन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नयाँ टाटा पञ्च ईभी मुख्य आकर्षण

चाडपर्व योजनाको मुख्य आकर्षणका रूपमा रहेको नयाँ टाटा पञ्च ईभी नेपाली बजारलाई लक्षित गर्दै आधुनिक प्रविधि, सुरक्षा, आराम र सुविधा समेटेर तयार गरिएको कम्पनीले जनाएको छ।

‘एक्टिभ’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभी ३२ किलोवाट र ४० किलोवाट क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। कम्पनीका अनुसार एकपटकको फुल चार्जमा यसले सडक तथा परीक्षणका आधारमा करिब ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने क्षमता राख्छ।

नयाँ मोडलमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, ५–स्टार बीएनसीएपी सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ किलोवाट फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, डिजिटल ककपिट र भेन्टिलेटेड सिटलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ।

टाटा मोटर्सको नेपालमा रहेको २० वटा शोरुमसँगै अब देशभरका २८ वटा भाटभटेनी स्टोरबाट पनि टाटा कारबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार दसैंको समयमा भाटभटेनीमा किनमेल गर्ने टाटा कारका ग्राहकले थप सरप्राइजसमेत पाउनेछन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.