मंगलवार, आश्विन २०,२०८३ 10:31:10
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 10:31:10
Bizshala
Global IME Bank Limited

अमलेखगन्ज–लोथर पाइपलाइन निर्माण तीव्र, इआइए अन्तिम चरणमा

Bizshala
अमलेखगन्ज–लोथर पाइपलाइन निर्माण तीव्र, इआइए अन्तिम चरणमा
New Office

काठमाडौं। अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको लोथरमा जग्गा सम्याउने र बाहिरी पर्खाल निर्माणको काम तीव्र पारिएको छ। परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) पनि अन्तिम चरणमा पुगेको नेपाल आयल निगमले जनाएको छ।

राप्ती नगरपालिका–१ लोथरमा करिब २३ बिघा १२ कट्ठा क्षेत्रफलमा ग्रीनफिल्ड टर्मिनल निर्माण हुनेछ। अमलेखगन्जदेखि लोथरसम्म ६२ किलोमिटर लामो १० दशमलव ७५ इन्चको पाइपलाइन बिछ्याइनेछ। हेटौँडा बजार क्षेत्रमा भने बाइपास हुने गरी पाइपलाइनको डिजाइन तयार गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

निगमका अनुसार परियोजना तीन वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ। पाइपलाइनबाट प्रतिघण्टा २७३ किलोलिटर इन्धन आपूर्ति गर्न सकिनेछ। लोथरमा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन भण्डारणका लागि विभिन्न क्षमताका ट्याङ्की निर्माण हुनेछन्।

विशेषगरी हवाई इन्धनसमेत पाइपलाइनबाट लोथर ल्याउन सकिने भएपछि ढुवानी खर्चमा वार्षिक करिब दुई अर्ब बचत हुने निगमको अनुमान छ। परियोजनाको कुल अनुमानित लागत १४ अर्ब ९ करोड ६० लाख रहेको छ।

जग्गा सम्याउने र बाहिरी पर्खाल निर्माणको ठेक्का मोतीदान कन्स्ट्रक्सनले करिब ७९ करोडमा पाएको छ। एक वर्षको ठेक्का अवधि भए पनि आठदेखि नौ महिनामै काम सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

नेपाल र भारतबीच २०८० जेठमा भएको समझदारीअनुसार २०८१ असोज १७ गते नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच परियोजना निर्माणसम्बन्धी सम्झौता भएको थियो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.