काठमाडौं। सिक्लेस हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट शेयरधनीलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले विद्युत नियमन आयोगसमक्ष पेश गरेको पत्रअनुसार सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १२.७०६ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। उक्त बोनस शेयरको रकम १२ करोड ४२ लाख १ हजार १५० बराबर हुने उल्लेख छ।
त्यस्तै, कम्पनीले चुक्ता पूँजीको ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। उक्त नगद लाभांश कर प्रयोजनका लागि वितरण गरिने कम्पनीले जनाएको छ।
कम्पनीले सञ्चालक समितिबाट गरिएको उक्त निर्णयको स्वीकृतिका लागि विद्युत नियमन आयोगसमक्ष पेश गर्ने निर्णयसमेत गरेको जनाएको छ।
सिक्लेस हाइड्रोपावरले आयोगबाट स्वीकृति प्राप्त भएपछि प्रस्तावित बोनस शेयर तथा नगद लाभांश वितरण प्रक्रिया अघि बढाउनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।