काठमाडौं। प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिमा विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ। बिहान सवा ११ बजे बस्ने समितिको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी र उनीहरूले पेस गरेका कार्ययोजना सदस्यहरूलाई वितरण गरिनेछ।
प्रस्तावित १३ राजदूतविरुद्ध सातवटा उजुरी परेको छ। तीमध्ये दुईवटा उजुरी सबै प्रस्तावित राजदूतलाई लक्षित गरी र पाँचवटा उजुरी व्यक्तिगत रूपमा परेको समितिले जनाएको छ।
सरकारले भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जबरासहित जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि गरी १३ जनाको नाम सिफारिस गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।