काठमाण्डौ । बिहिबार सेयरबजारमा ३ अर्ब ९३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद भएको भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, ओपल सेक्युरिटिज, नेपाल स्टक हाउस र एबीसी सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाईन सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट ७५ करोड २५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४६.४२ प्रतिशत सेयर खरिद भएको छ भने ५३.५८ प्रतिशत सेयर बिक्री भएको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।