सोमबार, आश्विन २६,२०८३ 07:15:51
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 07:15:51
Bizshala
Global IME Bank Limited

पहिलोपटक नेपालीको हातमा कतार एयरवेजको नेपाल कमान्ड

Bizshala
पहिलोपटक नेपालीको हातमा कतार एयरवेजको नेपाल कमान्ड
New Office

 

काठमाण्डौ । कतार एयरवेजले नेपाल कार्यालयको नेतृत्व पहिलोपटक नेपाली नागरिकलाई सुम्पिएको छ। कम्पनीमा करिब एक दशकदेखि कार्यरत सरिक बोगटी कन्ट्री म्यानेजरमा बढुवा भएका हुन्।

बोगटीले आगामी नोभेम्बरदेखि पूर्ण जिम्मेवारीसहित नेपाल कार्यालयको नेतृत्व सम्हाल्नेछन्। यसअघि उनी कतार एयरवेजमा सेल्स म्यानेजरका रूपमा कार्यरत थिए।

कोभिड महामारीपछि नेपालमा कन्ट्री म्यानेजरको पद रिक्त रहँदै आएको थियो। उक्त अवधिमा नेपाल कार्यालय बंगलादेशस्थित संरचनाअन्तर्गत समन्वय हुँदै आएको थियो।

कलंकी निवासी ४० वर्षीय बोगटीले कतार एयरवेजमा प्रवेश गर्नुअघि सवारीसाधनसम्बन्धी कम्पनीमा मार्केटिङ तथा बिक्री क्षेत्रमा काम गरेका थिए। उनले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) मा पनि करिब दुई वर्ष काम गरेका थिए।

कतार एयरवेजमा सुरुमा टिकट बिक्री र बजार प्रवर्द्धनसम्बन्धी जिम्मेवारी सम्हालेका बोगटीको भूमिका अब थप फराकिलो हुने भएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कन्ट्री म्यानेजरका रूपमा उनले नेपालमा कम्पनीको समग्र व्यावसायिक गतिविधि सञ्चालन गर्नुका साथै सरकारी निकाय, काठमाडौंस्थित दूतावास, विकास साझेदार तथा अन्य सरोकारवालासँग समन्वय गर्नेछन्। बजार विस्तार, यात्रु सम्बन्ध व्यवस्थापन र नयाँ व्यावसायिक अवसर पहिचान पनि उनको जिम्मेवारीमा पर्नेछ।

बोगटीको नियुक्तिलाई कतार एयरवेजमा कार्यरत नेपाली कर्मचारीका लागि नेतृत्व तहसम्म पुग्ने अवसरको संकेतका रूपमा हेरिएको छ। यसअघि कम्पनीले नेपालमा कन्ट्री म्यानेजर, सेल्स म्यानेजर र एयरपोर्ट म्यानेजरजस्ता प्रमुख पदमा प्रायः विदेशी कर्मचारीलाई जिम्मेवारी दिँदै आएको थियो।

कतार एयरवेजले नेपालमा सन् १९९७ देखि सेवा सुरु गरेको हो। सुरुवाती चरणमा सातामा एउटा उडान सञ्चालन गरेको कम्पनीले हाल काठमाडौंमा दैनिक चार वटासम्म उडान गर्दै आएको छ।

कम्पनीले पछिल्लो समय बोइङ ७८७ ड्रिमलाइनरजस्ता वाइडबडी जहाजसमेत प्रयोग गर्दै आएको छ। दोहालाई ट्रान्जिट हब बनाएर नेपालबाट अमेरिका, युरोपलगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्ने यात्रुलाई कतार एयरवेजले सेवा दिँदै आएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

बोगटीका अनुसार नेपालसँग सम्बन्धित कतार एयरवेजको टिकट कारोबार दैनिक ९ देखि १० करोड रुपैयाँसम्म पुग्ने गरेको छ। दैनिक चार उडानमा औसत ३०० यात्रुका दरले एकतर्फी करिब १ हजार २०० यात्रु आवतजावत गर्ने अनुमान छ। आगमन र प्रस्थान दुवै जोड्दा दैनिक यात्रु संख्या करिब २ हजार ४०० पुग्न सक्छ।

उनका अनुसार नेपालसँग सम्बन्धित कुल टिकट बिक्रीमध्ये करिब ३० प्रतिशत टिकट नेपालमै बिक्री हुने गरेको छ भने बाँकी टिकट विदेशी बजारबाट बिक्री हुन्छ।

कतार एयरवेज ग्रुपको सन् २०२५–२६ को वार्षिक प्रतिवेदनअनुसार कम्पनीले ८३ अर्ब ७५ करोड कतारी रियाल आम्दानी गरेको थियो। सो अवधिमा कम्पनीले ४ करोड १८ लाख यात्रुलाई सेवा दिँदै ७ अर्ब ८ करोड कतारी रियाल खुद नाफा कमाएको थियो।

विश्वभर ५७ हजार ८०० भन्दा बढी कर्मचारी र ३०० भन्दा बढी जहाज रहेको कतार एयरवेजले सन् २०२६–२७ को हिउँदे तालिकामा १७० भन्दा बढी गन्तव्यमा सेवा विस्तार गर्ने योजना अघि सारेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.