काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का सम्झौताअनुसार काम नगरेको भन्दै पाँच निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । तीमध्ये कैलालीको धनगढीस्थित वराह डेभलपर्स प्रालिलाई तीन वर्ष र अन्य चार कम्पनीलाई दुई–दुई वर्ष सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइएको हो ।
कार्यालयका अनुसार अछामको कमलबजार नगरपालिकाको सिफारिसमा वराह डेभलपर्स कारबाहीमा परेको हो । त्यस्तै, सुनसरीको हरिनगर गाउँपालिकाको सिफारिसमा दीपक निर्माण सेवा, भैरहवा बहुमुखी क्याम्पसको सिफारिसमा अभियन्ता कन्स्ट्रक्सन प्रालि, पोखरास्थित पशुरोग अन्वेषण प्रयोगशालाको सिफारिसमा फुलवराही डेभलपर्स एन्ड इन्भेस्टमेन्ट प्रालि र प्रसौनी बहुप्राविधिक शिक्षालयको सिफारिसमा प्रिन्स कन्स्ट्रक्सन कालोसूचीमा परेका छन् ।
प्रतिबन्ध अवधिभर यी कम्पनीले सार्वजनिक निकायका खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।