काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघले नुवाकोटको त्रिशूली नदीमाथि एक महिनामै २६८ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ। गत भदौ १० गतेको बाढीले बगाएको पुल पुनर्निर्माण भएसँगै भोलिदेखि सञ्चालनमा आउने भएको छ।
त्रिशूली बजार र ढुङ्गे बजारलाई जोड्ने उक्त पुल विपद्बाट प्रभावित नागरिकको आवतजावत सहज बनाउने उद्देश्यले महासंघले आफ्नै कोषबाट निर्माण गरेको हो।
महासंघको आर्थिक सहयोग तथा निर्माण व्यवसायी संघ, नुवाकोटको सक्रियतामा पुल निर्माण सम्पन्न भएको हो। पुल सञ्चालनमा आएपछि त्यस क्षेत्रका नागरिकलाई आवतजावतमा सहजता पुग्ने र विपद्पछिको जनजीवन सामान्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पुल निर्माणमा सस्पेन्सन ब्रिज डिभिजन, पूर्वाधार विकास कार्यालय नुवाकोट र विदुर नगरपालिकालगायतले प्राविधिक तथा अन्य सहयोग गरेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।