काठमाडौँ । प्राकृतिक विपद्का कारण गण्डकी प्रदेशका म्याग्दी र गोरखामा सडक यातायात प्रभावित भएको छ। प्रहरीको पछिल्लो विवरणअनुसार बाढी र पहिरोका कारण दुई जिल्लाका सडक खण्डमा आवागमन अवरुद्ध भएको हो।
म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा गत असोज १० गते पहिरो खसेपछि अवरुद्ध भएको सडक हाल एकतर्फी सञ्चालनमा ल्याइएको छ।
यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ९ अन्तर्गत नयाँपुल क्षेत्रमा गत असोज २५ गते आएको बाढीले सडक पूर्ण रूपमा अवरुद्ध पारेको छ। बाढीका कारण सोतीस्थित फलामे पुल तथा आरुघाटबाट धादिङ जोड्ने मुख्य सडकसमेत ठप्प भएको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।