शुक्रबार, आश्विन ३०,२०८३ 10:28:36
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 10:28:36
Bizshala
Global IME Bank Limited

टेस्लाले सार्वजनिक गर्‍यो उड्ने कारको नमुना, हावामै पल्टिएर सुरक्षित अवतरण

Bizshala
टेस्लाले सार्वजनिक गर्‍यो उड्ने कारको नमुना, हावामै पल्टिएर सुरक्षित अवतरण
New Office

काठमाडौँ । अमेरिकी विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले शुक्रबार आफ्नो दोस्रो पुस्ताको रोडस्टर कारको प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा कार घुमाउरो र्‍याम्पमा माथि उक्लिएर उल्टो भएको थियो। त्यसपछि र्‍याम्पबाट हावामा उफ्रिएको कार हावामै पल्टिँदै सुरक्षित रूपमा जमिनमा अवतरण गरेको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इलन मस्कको कम्पनीले प्रदर्शन गरेको उक्त कारमा जडान गरिएका थ्रस्टरको सहायताले यस्तो सम्भव भएको बताइएको छ। रकेटमा प्रयोग गरिने प्रविधिमा आधारित यी थ्रस्टरको सहायताले कारले एक सेकेन्डमै प्रतिघण्टा ९७ किलोमिटरको गति लिन सक्ने दाबी गरिएको छ।

मस्कका अनुसार रोडस्टरमा १० वटा नोजल र अति उच्च चापको वायु ट्याङ्की प्रयोग गरिएको छ। यसको सहायताले कार हावामा उफ्रिनुका साथै जमिनमा पनि तीव्र गति लिन सक्छ। कारको उत्पादन सन् २०२८ मा सुरु गर्ने योजना रहेको उनले बताएका छन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कार सफलतापूर्वक अवतरण भएपछि मस्कले ‘लौ, यो काम गर्‍यो’ भन्दै प्रतिक्रिया दिएका थिए। उनले उक्त कार टेस्ला र अन्तरिक्ष प्रविधिसम्बन्धी कम्पनी स्पेसएक्सका इन्जिनियरहरूको संयुक्त प्रयासको परिणाम भएको बताए।

मस्कका अनुसार कारलाई माथि उठाउन उन्नत अति उच्च चापको वायु ट्याङ्की प्रयोग गरिएको छ। हावामा कारको नियन्त्रणका लागि उचाइ नियन्त्रण गर्ने थ्रस्टर र पछाडिको भागमा मुख्य थ्रस्टर राखिएका छन्। उनका अनुसार यो कार रकेटजस्तै उड्न सक्षम हुनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.