काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य एक हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँ र चाँदीको मूल्य ४ हजार १५० रुपैयाँ कायम भएको छ ।
बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँ र चाँदी ४ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।