काठमाण्डौ । नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाएका हुन्।
एमालेका प्रमुख सचेतक हरिनारायण महतोका अनुसार मन्त्रीहरूको राजीनामासँगै पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।
राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह छन्।
मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार सञ्चालनमा छ। सरकारमा नेपाली कम्युनिस्ट पार्टीसमेत सहभागी छ।
एमालेले नयाँ सरकार गठनको कसरत अघि बढाउने उद्देश्यले सरकारबाट समर्थन फिर्ता लिएको जनाएको छ। समर्थन फिर्तासँगै मधेश प्रदेशको सत्ता समीकरणमा नयाँ राजनीतिक हलचल सुरु भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।