काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन हजार र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
दशैंको लामो बिदापछि आइतबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको थियो। आइतबार छापावाल सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घटेको थियो। कात्तिक २ गते छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला ३ हजार ९९५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँमा झरेको थियो। कात्तिक २ गते चाँदीको मूल्य ४ हजार १८५ रुपैयाँ थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।