काठमाण्डौ । नेकपा एमालेले नेपाली क्रिकेटको आधुनिक पूर्वाधार निर्माण र विकासमा आफ्नो पार्टीको महत्वपूर्ण भूमिका र अग्रसरता रहेको दाबी गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै एमालेले नेपाली क्रिकेट खुला चौर र रुखको हाँगामा बसेर खेल हेर्ने अवस्थाबाट आधुनिक प्यारापिट र फ्लडलाइटको युगसम्म आइपुगेको उल्लेख गरेको हो।
एमालेले नेपाली क्रिकेटले पछिल्ला वर्षमा पूर्वाधार र लोकप्रियता दुवै क्षेत्रमा ठूलो फड्को मारेको उल्लेख गर्दै त्यसमा आफ्नो पार्टी निरन्तर प्रतिबद्ध र अग्रसर रहेको जनाएको छ।
‘खुला चौर र रुखको हाँगामा बसेर हेरिने नेपाली क्रिकेट आधुनिक प्यारापिट र फ्लडलाइटमुनि खेलिने युगमा प्रवेश गरेको छ,’ एमालेले आफ्नो सन्देशमा उल्लेख गरेको छ।
पार्टीले क्रिकेटको पूर्वाधार विकाससँगै नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउन निरन्तर सहयोग र पहल आवश्यक रहेको पनि जनाएको छ।
एनपीएलको तेस्रो संस्करणका अवसरमा सहभागी खेलाडी, टोली, आयोजक तथा क्रिकेटप्रेमीलाई शुभकामना दिँदै एमालेले प्रतियोगिताको सफलताको कामना गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।