काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।
त्रिवि क्रिकेट मैदानमा मध्याह्न साढे १२ बजे विराटनगर र चितवनबीचको खेल हुनेछ। यस्तै, साँझ ५ बजे कर्णाली र जनकपुरबीच दोस्रो खेल हुनेछ।
एनपीएलको उद्घाटन खेलमा सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो।
कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।