मंगलवार, कार्तिक १०,२०८३ 10:29:32
  • मंगलवार, कार्तिक १०,२०८३ 10:29:32
Global IME Bank Limited

तपाईंलाई पनि ‘खल्तीको कर्मचारी हुँ’ भन्दै फोन आएको छ ? यी १८ नम्बरदेखि सावधान !

Bizshala
तपाईंलाई पनि ‘खल्तीको कर्मचारी हुँ’ भन्दै फोन आएको छ ? यी १८ नम्बरदेखि सावधान !
New Office

काठमाडौं । ‘खल्तीको कर्मचारी हुँ, तपाईंको केवाईसी अपडेट गर्नुपर्ने रहेछ। अपडेट नगरे वालेट खाता बन्द हुन्छ।’ यस्तै बहानामा फोन आएर कसैले स्क्रिन सेयर गर्न वा ओटीपी दिन आग्रह गरेको छ भने सावधान हुनुपर्ने भएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले खल्तीका कर्मचारी भएको दाबी गर्दै बैंक तथा वालेट खाताबाट रकम ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

परिसरको साइबर शाखाले कात्तिक १० गते जारी गरेको सूचनाअनुसार पक्राउ पर्नेमा शुभम कुमार झा, अनिकेत कुमार यादव, पवन कुमार चौधरी र रिशी गंगा छन्। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रहरीका अनुसार आरोपितहरूले विभिन्न मोबाइल नम्बरबाट फोन तथा ह्वाट्सएपमार्फत अडियो–भिडियो कल र म्यासेज गरी सर्वसाधारणलाई झुक्याउने गरेका थिए। सम्पर्कका क्रममा उनीहरूले आफूलाई खल्ती प्रालिको कर्मचारी भनेर चिनाउँदै केवाईसी अद्यावधिक गर्नुपर्ने र नगरे खाता बन्द हुने बताउने गरेका थिए।

ठगीका लागि केवाईसीको बहाना मात्र प्रयोग भएको थिएन। बैंक खाता खल्तीमा लिंक गरिदिने, व्यावसायिक खातामा रकम आउँदा आवाज दिने ‘ई–स्पिकर’ बनाइदिने तथा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने सुविधा मिलाइदिने प्रलोभनसमेत दिने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

Garima Development Bank
Bizshala
IME remit

यस्ता आश्वासनमा विश्वास दिलाएपछि स्क्रिन सेयर गर्न लगाउने र खल्ती वालेट तथा मोबाइल बैंकिङको ओटीपी कोड लिने गरिएको प्रहरीको भनाइ छ। त्यसपछि बैंक तथा वालेट खातामा अनधिकृत पहुँच पुर्‍याई अन्य व्यक्तिका खातामा रकम ट्रान्सफर गरेर ठगी गरेको अनुसन्धानबाट देखिएको सूचनामा उल्लेख छ।

अनुसन्धानका क्रममा आरोपितहरूबाट बरामद मोबाइल तथा सिमकार्ड जाँच गर्दा कसुरमा प्रयोग भएका मोबाइल र ह्वाट्सएप नम्बरसमेत फेला परेको प्रहरीले जनाएको छ। परिसरले त्यस्ता १८ वटा नम्बर सार्वजनिक गर्दै ती नम्बरबाट सम्पर्क गरिएका व्यक्तिलाई जानकारी दिन आग्रह गरेको छ।

खल्तीको कर्मचारी भएको दाबी गर्दै फोन, एसएमएस वा ह्वाट्सएपबाट सम्पर्क गरी केवाईसी अपडेट, ओटीपी, पासवर्ड वा स्क्रिन सेयर मागिएको भए जिल्ला प्रहरी परिसर भक्तपुरमा जाहेरी दिन प्रहरीले अनुरोध गरेको छ। यस्तो सम्पर्कपछि आर्थिक हानि–नोक्सानी व्यहोरेका व्यक्तिलाई पनि जाहेरी दरखास्त दिन आग्रह गरिएको छ।

यो घटनाले सेवा सहज बनाइदिने र खाता बन्द हुनबाट जोगाइदिने बहानासमेत ठगीको माध्यम बन्न सक्ने देखाएको छ। अपरिचित व्यक्तिको आग्रहमा ओटीपी वा पासवर्ड उपलब्ध गराउँदा तथा स्क्रिन सेयर गर्दा आफ्नो बैंक र डिजिटल वालेटको रकम जोखिममा पर्न सक्छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.