बुधबार, कार्तिक ११,२०८३ 01:19:16
  • बुधबार, कार्तिक ११,२०८३ 01:19:16
Global IME Bank Limited

मंसिरमा बेञ्चमार्क इन्डेक्स ल्याउने नेप्सेको तयारी

Bizshala
मंसिरमा बेञ्चमार्क इन्डेक्स ल्याउने नेप्सेको तयारी
New Office

 

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आगामी मंसिरभित्र नयाँ बेञ्चमार्क इन्डेक्स सार्वजनिक गर्ने तयारी अघि बढाएको छ। तर, यसअघि घोषणा गरिएको नेप्से–३० सूचकांक कार्यान्वयनमै आउन नसकेको अवस्थामा नयाँ सूचकांक पनि निर्धारित समयमै सञ्चालनमा आउला कि नआउला भन्ने चासो बढेको छ।

नेप्सेले यसअघि बजारका ३० प्रमुख कम्पनीको प्रदर्शन छुट्टै मापन गर्ने उद्देश्यले नेप्से–३० इन्डेक्सको अवधारणा अघि सारेको थियो। त्यसका लागि आवश्यक कार्यविधिसमेत तयार पारिएको थियो। तर, लामो समय बितिसक्दा पनि उक्त सूचकांक व्यावहारिक रूपमा लागू हुन सकेको छैन।

यही पृष्ठभूमिमा अर्थ मन्त्रालयले गत भदौमा नियामक तथा बजारसम्बद्ध निकायलाई मंसिरभित्र बेञ्चमार्क इन्डेक्स ल्याउन निर्देशन दिएपछि नेप्सेले नयाँ सूचकांकको तयारीलाई तीव्र बनाएको हो।

बेञ्चमार्क इन्डेक्स मूलतः बजारको समग्र वा प्रतिनिधिमूलक प्रदर्शन मापन गर्ने आधार सूचकांक हो। यसलाई लगानीकर्ता, म्युचुअल फण्ड तथा संस्थागत लगानीकर्ताले आफ्नो लगानी प्रतिफल बजारको तुलनामा कस्तो रह्यो भन्ने मूल्यांकन गर्न प्रयोग गर्न सक्छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उदाहरणका लागि कुनै लगानीकर्ताले एक वर्षमा १२ प्रतिशत प्रतिफल हासिल गरेको छ तर सोही अवधिमा बेञ्चमार्क इन्डेक्स १५ प्रतिशतले बढेको छ भने उक्त लगानीले बजारभन्दा कमजोर प्रदर्शन गरेको मानिन्छ। तर, बेञ्चमार्क ८ प्रतिशतले मात्रै बढेको अवस्थामा भने १२ प्रतिशत प्रतिफललाई तुलनात्मक रूपमा राम्रो मान्न सकिन्छ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार बेञ्चमार्क इन्डेक्स निर्माणका लागि आवश्यक अध्ययन र तयारी भइरहेको छ। मंसिरमा सार्वजनिक गर्ने योजनाअनुसार काम अघि बढाइएको उनले बताएका छन्।

हाल नेप्से अल इन्डेक्सलाई पनि बजारको व्यापक प्रदर्शन मापन गर्ने आधारका रूपमा प्रयोग गरिँदै आएको छ। तर, आगामी बेञ्चमार्क इन्डेक्सका लागि फ्लोट इन्डेक्स वा अन्य कुनै प्रतिनिधिमूलक सूचकलाई आधार बनाउन सकिने सम्भावना रहेको नेप्सेको भनाइ छ।

Garima Development Bank
Bizshala
IME remit

बेञ्चमार्क इन्डेक्स कार्यान्वयनमा आएपछि लगानीकर्तालाई आफ्नो पोर्टफोलियोको वास्तविक प्रदर्शन तुलना गर्न, फण्ड म्यानेजरहरूको कार्यक्षमता मूल्यांकन गर्न र लगानी निर्णयलाई थप तथ्यमा आधारित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तर, नेप्से–३० को अघिल्लो अनुभवका कारण बजारमा मुख्य प्रश्न समयमै घोषणा गर्नेभन्दा पनि कार्यान्वयनमा लैजान सक्ने कि नसक्ने भन्ने बनेको छ। अब नेप्सेले मंसिरभित्र सूचकांक सार्वजनिक गरी प्रयोगमै ल्याउँछ कि फेरि योजना घोषणामै सीमित हुन्छ भन्ने विषय लगानीकर्ताको चासोमा रहनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.