काठमाण्डौ । पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको छ।
मौसम पूर्वानुमानअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने तथा त्यसबाट बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने विभागले जनाएको छ।
प्रतिकूल मौसमका कारण पदयात्रा र हिमाल आरोहण प्रभावित हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा पुगिसकेका पर्वतारोही तथा पदयात्रीलाई विशेष सतर्कता अपनाउन र आधिकारिक मौसम सूचनाका आधारमा यात्रा योजना बनाउन आग्रह गरिएको छ।
विभागले खुम्बु, मनाङलगायत हिमाली क्षेत्र तथा काठमाडौं र पोखराका स्वास्थ्य संस्थामा एक्युट माउन्टेन सिकनेससम्बन्धी उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउनसमेत सम्बन्धित निकायलाई अनुरोध गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।