काठमाण्डौ । दराज नेपालले तिहार र छठलाई लक्षित गर्दै वार्षिक ‘दरज ११.११–द बिगेस्ट सेल अफ द इयर’ अभियान नोभेम्बर १ देखि सुरु गर्ने भएको छ। ‘द बिग बोस इज ब्याक’ थिमअन्तर्गत सञ्चालन हुने अभियानमा ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढी मूल्यका भौचर, निःशुल्क डेलिभरी तथा थाइल्यान्ड भ्रमणसम्मका उपहार राखिएको कम्पनीले जनाएको छ।
अभियान नोभेम्बर १ राति ८ बजेदेखि सुरु भई नोभेम्बर ११ अर्थात् कात्तिक १५ देखि २५ गतेसम्म सञ्चालन हुनेछ।
दराजका अनुसार अभियान अवधिभर विभिन्न विधाका सामानमा दैनिक फ्ल्यास सेल सञ्चालन हुनेछ। प्लेटिनम पार्टनर रोहटो, होनासा, मसलब्लेज, एन्कर, अल्टिमा लाइफस्टाइल, पिलग्रिम, पिसेफ र लभफेस ब्युटीले ७० प्रतिशतसम्म छुट दिनेछन्।
त्यस्तै, गोल्ड पार्टनर ब्रान्डहाउस, प्याम्पर्स, वेदान्ता र युनिलिभरले पनि ७० प्रतिशतसम्म छुट दिनेछन् भने सिल्भर पार्टनर फ्यानटेक, एम्परस्यान्ड, ब्रान्डहाउस फेसन, एस्टावुल्फ, माटो नेपाल, जेबीएल र गोल्डस्टारले ८० प्रतिशतसम्म छुट उपलब्ध गराउने कम्पनीले जनाएको छ।
अभियानको सुरुवात नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर २ बिहान २ बजेसम्म ‘क्रस क्याटेगोरी ब्रान्ड रश आवर’ बाट हुनेछ। त्यसपछि नोभेम्बर २ बिहान ११ बजेदेखि ‘क्रेजी प्राइस ड्रप’ सञ्चालन हुनेछ।
नोभेम्बर ३ देखि ८ सम्म हरेक दिन राति ८ बजेदेखि मध्यरातसम्म विभिन्न थिममा ब्रान्ड रश आवर सञ्चालन गरिनेछ। यसअन्तर्गत नोभेम्बर ३ मा इलेक्ट्रोनिक्स, ४ मा लाइफस्टाइल, ५ मा एफएमसीजी, ६ मा दरज च्वाइस, ७ मा फेसन र ८ मा न्यू अराइभल्समा विशेष अफर उपलब्ध हुनेछन्।
दराजले चयनित विक्रेतामार्फत ३ हजार रुपैयाँसम्मका तिहार भौचर पनि उपलब्ध गराउने जनाएको छ। दरज च्वाइसअन्तर्गत योग्य वस्तुमा ‘बाइ ३ गेट फ्री डेलिभरी’ तथा ‘बाइ ४ गेट १ फ्री विथ फ्री डेलिभरी’ जस्ता अफरसमेत रहनेछन्।
बैंक कार्डमा थप छुट
अभियानमा आठवटा बैंकसँग सहकार्य गरिएको छ। योग्य क्रेडिट कार्ड कारोबारमा २० प्रतिशतसम्म अर्थात् अधिकतम २ हजार रुपैयाँ र डेबिट कार्ड कारोबारमा १५ प्रतिशतसम्म अर्थात् अधिकतम १ हजार ५०० रुपैयाँ छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।
यसमा हिमालयन बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, ज्योति विकास बैंक र महालक्ष्मी बैंक सहभागी छन्।
ईसेवा र खल्ती बाइ आईएमईमार्फत भुक्तानी गर्ने ग्राहकले पनि रश आवर अफरअन्तर्गत एक हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन्।
थाइल्यान्ड भ्रमणदेखि टिभी र वासिङ मेसिनसम्म
११.११ अभियानमा खरिदकर्ताका लागि विभिन्न पुरस्कारसमेत राखिएका छन्। न्यूनतम १ हजार १११ रुपैयाँको चेकआउट गर्ने ११ जना ग्राहकले ५० हजार रुपैयाँभन्दा बढी मूल्यको फिलिप्स प्रडक्ट बन्डल जित्ने अवसर पाउनेछन्।
त्यसैगरी दैनिक गिभअवेमा फिजियो नेपाल, मोडर्न मिराकल्स फर्निचर हब, पिसेफ, डट एन्ड की, स्विफ्ट अन, अल्टिमा लाइफस्टाइल, ब्रान्डहाउस, न्यूलाइट, ब्लेस अनलाइन, रोहटो र पोसिलो फुड्सका उत्पादन जित्न सकिनेछ।
दराज नेपालका इन्स्टाग्राममा सार्वजनिक गरिने ‘मिस्ट्री डिल’को सही मूल्य अनुमान गर्ने ग्राहकले अल्टिमा लाइफस्टाइल, जिरी न्युट्रिसन, डा. सेठ्स, सेटाफिल, एम्परस्यान्ड र पोसिलो फुड्सका ह्याम्पर जित्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार Honor Nepal बाट आठ जना ग्राहकले थाइल्यान्ड भ्रमणको अवसर पाउनेछन् भने GLEN Nepal बाट एक जनाले पाँचदिने थाइल्यान्ड भ्रमण जित्नेछन्।
यस्तै, मामा अर्थबाट सात जनाले हेयर आइरन, सफारी नेपालबाट दुई जनाले रिसोर्ट स्टे, बिग डिजिटलबाट एक जनाले ८ केजी फ्रन्टलोड वासिङ मेसिन र एयर फ्रायर तथा ब्रो स्टोर (बाल्ट्रा) बाट एक जनाले ५० इन्चको फोरके स्मार्ट एलईडी टिभी जित्ने अवसर पाउनेछन्।
कम्पनीले तिहार र छठका अवसरमा ग्राहकलाई फेसन, घरायसी सामान, इलेक्ट्रोनिक्स, उपहार तथा दैनिक आवश्यकताका वस्तु एकै प्लेटफर्मबाट छुट र अफरसहित उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।