काठमाडौं। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ सम्मको वितरणयोग्य मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
सञ्चालक समितिले हाल कायम चुक्ता पूँजी ३४ करोड १० लाख ८६ हजार ३५ रुपैयाँ ८४ पैसाको आधारमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयरको रकम १ करोड ६२ लाख १ हजार ५८६ रुपैयाँ ७० पैसा रहेको छ। त्यस्तै बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशत अर्थात् ८ लाख ५२ हजार ७१५ रुपैयाँ ९ पैसा नगद लाभांश प्रस्ताव गरिएको छ।
यसअनुसार कम्पनीले सेयरधनीलाई कुल १ करोड ७० लाख ५४ हजार ३०१ रुपैयाँ ७९ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।