काठमाडौं। आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो ‘पाक्षिक करदाता प्रोत्साहन पुरस्कार’का विजेताहरूको नाम आज सार्वजनिक गर्दैछ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा १५ जना नियमित र एक जना बम्पर गरी १६ जना विजेता घोषणा गरिने विभागले जनाएको छ।
कात्तिक १ देखि १५ गतेसम्मको कारोबार तथा कर सहभागिताका आधारमा विजेता छनोट गरिनेछ। यसपटक पुरस्कार घोषणा प्रक्रियामा नेपाल प्रिमियर लिग (एनपीएल) खेलिरहेका चर्चित क्रिकेट खेलाडीसमेत सहभागी हुनेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।