मंगलवार, कार्तिक १७,२०८३ 01:19:01
  • मंगलवार, कार्तिक १७,२०८३ 01:19:01
Global IME Bank Limited

बाढीले क्षति पुर्‍याएपछि सिटिजन्सको देविघाट शाखा बट्टार सर्दै, मंसिर १७ देखि नयाँ ठाउँबाट कारोबार

Bizshala
बाढीले क्षति पुर्‍याएपछि सिटिजन्सको देविघाट शाखा बट्टार सर्दै, मंसिर १७ देखि नयाँ ठाउँबाट कारोबार
New Office

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोटको देविघाटमा सञ्चालन गर्दै आएको शाखा कार्यालय बट्टार बजारमा स्थानान्तरण गर्ने भएको छ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण विदुर नगरपालिका–५ मा रहेको देविघाट शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएपछि बैंकले शाखा स्थानान्तरण गर्ने निर्णय गरेको हो।

बाढीबाट क्षति पुगेको पुरानो स्थानमा निकट भविष्यमा शाखा सञ्चालन गर्न सक्ने अवस्था नरहेपछि बैंकले करिब ७ किलोमिटरको दूरीमा रहेको विदुर नगरपालिका–२ स्थित बट्टार बजारमा शाखा सार्न लागेको जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

स्थानान्तरणपछि देविघाट शाखाको नामसमेत परिवर्तन गरी ‘बट्टार शाखा’ कायम गरिनेछ। नयाँ स्थानबाट आगामी मंसिर १७ गतेदेखि सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन हुने बैंकले जनाएको छ।

बैंकले नयाँ स्थानबाट सेवा सुरु भएपछि उक्त क्षेत्रका ग्राहकलाई थप सहज र प्रभावकारी बैंकिङ सेवा उपलब्ध हुने विश्वास लिएको छ।

सिटिजन्स बैंकले देशभर शाखा सञ्जाल विस्तारसँगै डिजिटल बैंकिङ तथा प्रविधिमैत्री सेवामा समेत जोड दिँदै आएको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.