काठमाडौं। सरकारी खरिद तथा ठेक्का प्रक्रियामा प्रयोग हुने विद्युतीय खरिद प्रणाली (ईजीपी) पुनः सञ्चालनमा आएको छ।
मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विश्वबाबू पुडासैनीले नयाँ संस्करणको ईजीपी प्रणाली उद्घाटन गरेका हुन्।
यसअघि सुरक्षा जोखिम देखिएपछि पुरानो ईजीपी प्रणाली बन्द गरिएको थियो। लामो समय प्रणाली अवरुद्ध हुँदा सरकारी निकायका बोलपत्र र खरिद प्रक्रिया प्रभावित भएका थिए।
कार्यालयका सहसचिव रामप्रसाद आचार्यले नयाँ संस्करण पुरानो प्रणालीभन्दा सुरक्षित र भरपर्दो रहेको दाबी गरेका छन्।
‘पुरानो प्रणालीभन्दा यो प्रणाली सुरक्षित र भरपर्दो छ,’ उनले भने।
नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब सार्वजनिक निकायका अनलाइन बोलपत्र आह्वान, प्रस्ताव दर्ता तथा अन्य खरिद प्रक्रिया पुनः डिजिटल माध्यमबाट अघि बढ्ने बाटो खुलेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।