काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म ६ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १३.२५ प्रतिशत बढी हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ६२ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८ करोड ४७ लाख १३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ८ करोड २३ लाख ७ हजार रुपैयाँ थियो।
कम्पनीको कुल नाफा ६ करोड ९९ लाख ७२ हजार रुपैयाँ रहेको छ भने सञ्चालन नाफा ६ करोड ८३ लाख ७१ हजार रुपैयाँ पुगेको छ। वित्तीय खर्च ४६ लाख ७० हजार रुपैयाँ रहेको छ।
असोज मसान्तसम्म कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ रहेको छ भने रिजर्भ तथा सञ्चित कोषमा ९ करोड २५ लाख ५४ हजार रुपैयाँ छ। कम्पनीको कुल इक्विटी ८९ करोड २५ लाख ५४ हजार रुपैयाँ पुगेको छ।
यस अवधिसम्म कम्पनीको दीर्घकालीन कर्जा २६ करोड ३९ लाख ८१ हजार रुपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो कर्जा २९ करोड २९ लाख रुपैयाँ थियो।
कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ३१.८५ रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २८.१२ रुपैयाँ थियो।
कम्पनीको प्रतिसेयर नेटवर्थ १११.५७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.४१ गुणा र चालु अनुपात २.२२ गुणा रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।