काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा कमाएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १७ करोड ४४ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ११ करोड १८ लाख ८४ हजार रुपैयाँ रहेको थियो।
यस आधारमा कम्पनीको खुद नाफा एक वर्षमै करिब ५६ प्रतिशतले बढेको छ।
कम्पनीले पहिलो त्रैमासमा सञ्चालनबाट ३८ करोड १५ लाख ३ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ३९ करोड ५५ लाख ६३ हजार रुपैयाँ थियो। सञ्चालन आम्दानी केही घटे पनि लागत व्यवस्थापन र वित्तीय खर्चमा आएको सुधारले नाफा उल्लेख्य बढेको देखिन्छ।
कम्पनीको प्रत्यक्ष खर्च ७५ लाख १३ हजार रुपैयाँ रहेको छ। त्यसपछि कम्पनीले ३७ करोड ३९ लाख ९० हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ।
पहिलो त्रैमासमा कम्पनीको वित्तीय लागत १० करोड २६ लाख ७८ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च १८ करोड ६० लाख ५० हजार रुपैयाँ थियो। वित्तीय लागतमा आएको ठूलो गिरावट कम्पनीको नाफा बढ्नुको प्रमुख कारणमध्ये एक देखिएको छ।
त्यस्तै कम्पनीको मूल्यह्रास खर्च ७ करोड ७७ लाख ४० हजार रुपैयाँ र अन्य सञ्चालन खर्च १ करोड ९१ लाख १९ हजार रुपैयाँ रहेको छ।
असोज मसान्तसम्म कम्पनीको चुक्ता पूँजी २ अर्ब ६६ करोड २५ लाख ३७ हजार रुपैयाँ पुगेको छ। कम्पनीको रिजर्भ तथा सरप्लस २५ करोड ७० लाख ९४ हजार रुपैयाँ रहेको छ।
कम्पनीको कुल सम्पत्ति ९ अर्ब ४१ करोड २३ लाख ५७ हजार रुपैयाँ रहेको छ। दीर्घकालीन सुरक्षित कर्जा ५ अर्ब ३७ करोड ७८ लाख ५९ हजार रुपैयाँ र असुरक्षित कर्जा १ अर्ब रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी वार्षिकीकरण गर्दा २६.६२ रुपैयाँ रहेको छ। प्रतिशेयर नेटवर्थ १०९.६६ रुपैयाँ र पीई रेसियो ४८.४८ गुणा रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।