काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहसहितका प्रमुख संरचना निर्माण अन्तिम चरणमा पुगेका छन्।
आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युत्गृह, सुरुङ तथा उपकरण जडानको काम करिब ८० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।
चीनको सिनो हाइड्रो कर्पोरेसनले निर्माण गरिरहेको यस प्याकेजका भूमिगत संरचनाको उत्खनन पूरा भएको छ भने अधिकांश सिभिल निर्माण सकिएको छ। मुख्य सुरुङको कङ्क्रिट लाइनिङ अन्तिम चरणमा पुगेको छ।
विद्युत्गृहमा जेनेरेटर, टर्बाइन, ट्रान्सफर्मर तथा सीसीटीभीलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान र परीक्षण भइरहेको छ। साथै, विद्युत्गृह र बाँध सञ्चालन भवन निर्माणलाई पनि निरन्तरता दिइएको आयोजनाले जनाएको छ।
प्याकेज–२ का संरचना तथा उपकरण जडान सम्पन्न भएपछि आयोजनाको विद्युत् उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।