काठमाडौं। नेपाल धितोपत्र बोर्डले कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडलाई १७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न स्वीकृति दिएको छ।
बोर्डले कात्तिक १९ गते कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले १७ लाख कित्ता साधारण सेयर जारी गर्न अन्तिम अनुमति दिएको हो।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। स्वीकृतिसँगै कम्पनीले निष्कासन मिति तय गरी बिक्री प्रक्रिया अघि बढाउनेछ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।